NRNA Japan Gunma Chapter आर्थिक पारदर्शिता र जवाफदेहिताप्रति सधैँ प्रतिबद्ध रहँदै आएको छ। NRNA Gunma को आर्थिक स्रोत सदस्य शुल्क, लेभी, विभिन्न कार्यक्रमहरूबाट प्राप्त नाफा तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोग/चन्दा मार्फत सञ्चालन हुँदै आएको स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौँ । यस संस्थाको सम्पूर्ण आर्थिक गतिविधि संस्थाको विधान (संविधान) अनुरूप सञ्चालन भइरहेको छ ।

यदि कसैलाई NRNA Gunma को आय–व्यय विवरण, लेखा–जोखा तथा आर्थिक हिसाबकिताब सम्बन्धी कुनै जिज्ञासा वा जानकारी आवश्यक भएमा, कृपया NRNA Gunma का कोषाध्यक्ष/कोष समन्वयकसँग प्रत्यक्ष रूपमा सम्पर्क गर्न अनुरोध गर्दछौँ ।

NRNA Gunma लाई थप सुदृढ, पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि यहाँहरूबाट प्राप्त हुने सुझाव, सल्लाह तथा आर्थिक सहयोगलाई हामी उच्च कदर गर्दछौँ । NRNA Gunma लाई आर्थिक रूपमा सहयोग पुर्‍याई यस संस्थाको गतिविधिलाई अझ सक्रिय र सबल बनाउन चाहनु हुने महानुभावहरूबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ ।

साथै, Gunma Ken मा बसोबास गर्नु हुने नेपाली समुदायका लागि सहज, सरल र समयानुकूल सहयोग पुर्‍याउने उद्देश्यले राहत कोष (Relief Fund) स्थापना गर्ने तयारी भइरहेको जानकारी गराउन चाहन्छौँ । यस कोषमार्फत Gunma क्षेत्रमा हुने आकस्मिक दुर्घटना, आपतकालीन अवस्था तथा विशेष परिस्थितिमा आर्थिक सहयोग आवश्यक पर्ने व्यक्तिहरूलाई तत्काल राहत प्रदान गर्न सकिने विश्वास लिएका छौँ ।

NRNA Gunma सधैँ समुदायको हित, पारदर्शिता र सेवामूलक भावनाका साथ अगाडि बढिरहेको छ ।

कोषाध्यक्ष रिनजिन लामा (शेर्पा)

सह-कोषाध्यक्ष  गुरु प्रसाद सूबेदी