NRNA Gunma – Non-Resident Nepali Association Japan (NRNA Japan) को आधिकारिक प्रान्तीय इकाइ हो । यो संस्था जापानको Gunma प्रान्तमा बसोबास गर्ने नेपाली समुदायको प्रतिनिधित्व गर्दै सामाजिक, सांस्कृतिक, शैक्षिक, खेलकुद तथा मानवीय गतिविधिहरूमार्फत समुदायको हक–हित, एकता र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि क्रियाशील छ । NRNA Japan को विधान, उद्देश्य तथा मार्गदर्शनअनुसार सञ्चालन हुँदै आएको NRNA Gunma पारदर्शिता, उत्तरदायित्व र समावेशी सहभागिताको सिद्धान्तलाई आत्मसात गर्दै Gunma प्रान्तमा रहेका नेपालीहरूलाई साझा मञ्च प्रदान गर्दै आएको छ ।
