NRNA Japan Gunma Chapter आर्थिक पारदर्शिता र जवाफदेहिताप्रति सधैँ प्रतिबद्ध रहँदै आएको छ। NRNA Gunma को आर्थिक स्रोत सदस्य शुल्क, लेभी, विभिन्न कार्यक्रमहरूबाट प्राप्त नाफा तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोग/चन्दा मार्फत सञ्चालन हुँदै आएको स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौँ । यस संस्थाको सम्पूर्ण आर्थिक गतिविधि संस्थाको विधान (संविधान) अनुरूप सञ्चालन भइरहेको छ ।
यदि कसैलाई NRNA Gunma को आय–व्यय विवरण, लेखा–जोखा तथा आर्थिक हिसाबकिताब सम्बन्धी कुनै जिज्ञासा वा जानकारी आवश्यक भएमा, कृपया NRNA Gunma का कोषाध्यक्ष/कोष समन्वयकसँग प्रत्यक्ष रूपमा सम्पर्क गर्न अनुरोध गर्दछौँ ।
NRNA Gunma लाई थप सुदृढ, पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि यहाँहरूबाट प्राप्त हुने सुझाव, सल्लाह तथा आर्थिक सहयोगलाई हामी उच्च कदर गर्दछौँ । NRNA Gunma लाई आर्थिक रूपमा सहयोग पुर्याई यस संस्थाको गतिविधिलाई अझ सक्रिय र सबल बनाउन चाहनु हुने महानुभावहरूबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
साथै, Gunma Ken मा बसोबास गर्नु हुने नेपाली समुदायका लागि सहज, सरल र समयानुकूल सहयोग पुर्याउने उद्देश्यले राहत कोष (Relief Fund) स्थापना गर्ने तयारी भइरहेको जानकारी गराउन चाहन्छौँ । यस कोषमार्फत Gunma क्षेत्रमा हुने आकस्मिक दुर्घटना, आपतकालीन अवस्था तथा विशेष परिस्थितिमा आर्थिक सहयोग आवश्यक पर्ने व्यक्तिहरूलाई तत्काल राहत प्रदान गर्न सकिने विश्वास लिएका छौँ ।
NRNA Gunma सधैँ समुदायको हित, पारदर्शिता र सेवामूलक भावनाका साथ अगाडि बढिरहेको छ ।
कोषाध्यक्ष रिनजिन लामा (शेर्पा)
सह-कोषाध्यक्ष गुरु प्रसाद सूबेदी
NRNA Japan Gunma Chapter ― 財務の透明性について
NRNA Japan Gunma Chapterは、財務の透明性と説明責任を常に重視し、責任ある運営に努めています。
NRNA Gunmaの活動資金は、会員費、レヴィ(分担金)、各種イベント・事業からの収益、ならびに支援者の皆さまからいただくご支援・ご寄付などによって運営されています。なお、当団体のすべての財務活動は、**団体の規約(定款)**に基づいて適切に行われています。
NRNA Gunmaの収支報告、会計記録および財務状況について、ご質問や確認したい事項がございましたら、NRNA Gunmaの会計担当者/財務コーディネーターまで直接お問い合わせくださいますようお願いいたします。
NRNA Gunmaをより強固で透明性の高い、効果的な組織として運営していくため、皆さまからいただくご意見、ご提案、アドバイス、そして財政的なご支援を心より大切に受け止めています。
NRNA Gunmaの活動を財政面から支援し、団体の活動をさらに活発かつ充実したものにするため、皆さまからの温かいご支援をお待ちしております。
また、群馬県に暮らすネパール人コミュニティの皆さまに、より迅速で身近な支援を提供することを目的として、「救援基金(Relief Fund)」の設立を準備しています。
この基金を通じて、群馬県内で発生する突然の事故、緊急事態、その他の特別な事情により経済的な支援を必要とする方々に、迅速な救援・支援を提供できるものと考えています。
NRNA Gunmaはこれからも、コミュニティの利益、透明性、そして奉仕の精神を大切にしながら活動してまいります。
会計担当(Treasurer)
リンジン・ラマ(シェルパ)
副会計担当(Assistant Treasurer)
グル・プラサド・スベディ
