गैरआवासीय नेपाली संघ, रास्ट्रिय समन्वय परिषद जापान (NRNA) ले स्थापना कालदेखि नै “नेपालीका लागि नेपाली” भन्ने मूल भावनालाई आत्मसात गर्दै आज विश्वका करिब ८६ देशमा आफ्नो सञ्जाल विस्तार गरी शिक्षा, स्वास्थ्य, आपतकालीन राहत, सीप विकास, लगानी प्रवर्द्धन तथा सामाजिक उत्थानका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । यसै गौरवपूर्ण यात्रालाई थप सुदृढ बनाउने उद्देश्यसहित NRNA जापानको आयोजनामा जापानको सुन्दर सहर सेन्दाईमा सम्पन्न क्षेत्रीय भेला संस्थागत सुदृढीकरण, आपसी एकता, पारदर्शिता, सद्भाव तथा भावी कार्यदिशाका सन्दर्भमा महत्वपूर्ण निर्णयसहित भव्य र सफलतापूर्वक सम्पन्न भएको छ । उक्त भेलामार्फत क्षेत्रीय तहदेखि केन्द्र हुँदै भोलिका दिनमा NRNA ICC सम्म जापानबाट एकताको सशक्त सन्देश प्रवाह गरिएको छ । यस गरिमामय कार्यक्रमलाई सफल बनाउन हाम्रो निमन्त्रणालाई स्वीकार गरी सेन्दाई (仙台 / Sendai) पधार्नु हुने NRNA ICC का अध्यक्ष महेश कुमार श्रेष्ठ, उपाध्यक्ष रोबिन शेरचन, युवा उपाध्यक्ष रोशन थापा, सचिव पारसमणि पोखरेल, एसिया–प्यासिफिक क्षेत्रीय युवा संयोजक तथा उपसंयोजकज्यूहरू, दीपक कँडेल, दीपक के.सी.,सुपेन्द्र घिसीङ महिला संयोजक अनिता गुरुङ, तथा ICC सदस्यज्यूहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं । त्यसैगरी NRNA जापानका अध्यक्ष सुवास लामीछाने, निवर्तमान अध्यक्ष नविन न्यौरे, कार्यसमितिका सम्पूर्ण पदाधिकारीज्यूहरू, १२ वटै क्षेत्रीय समितिका संयोजक तथा पदाधिकारी साथीहरू, NRNA अभियन्ता, पत्रकारज्यूहरू तथा जापानस्थित विभिन्न संघ–संस्थाका अध्यक्ष एवं प्रतिनिधिज्यूहरूको उल्लेखनीय उपस्थितिले भेलालाई अझ गरिमामय बनाएको थियो । विशेषगरी, कार्यक्रमलाई अनुकरणीय, सुव्यवस्थित र आत्मीय बनाउन सेन्दाई क्षेत्रीय समितिले देखाउनु भएको निरन्तर खटाइ, उत्कृष्ट व्यवस्थापन तथा न्यानो सत्कार अत्यन्तै प्रशंसनीय रहेको छ। कार्यक्रमप्रति माया दर्शाउँदै समय निकालेर प्रत्यक्ष रूपमा उपस्थित भई तथा विभिन्न माध्यमबाट सहयोग पुर्याउनु हुने सम्पूर्ण सहयोगी महानुभावहरूप्रति NRNA Gunma क्षेत्रीय समितिको तर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं । आगामी दिनहरूमा पनि यस्तै सहयोग, एकता र सहकार्य निरन्तर रहोस् भन्ने अपेक्षासहित, पुनः एकपटक सबैप्रति हार्दिक धन्यवाद
Related Posts:-
NRNA GUNMA प्रधिनिधि
0 comments
गुन्मा केनका विभिन्न शहरहरूमा नदी तथा सार्वजनिक क्षेत्र सरसफाइ अभियान
गुन्मा केनको किर्यु शहरमा सम्पन्न सरसफाइ कार्यक्रममा NRNA गुन्माको सहभागिता…
NRNA GUNMA प्रधिनिधि
0 comments
विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती गुन्मा जापान
एनआरएनए गुन्मा क्षेत्रीय समितिको तर्फबाट विश्व शान्तिका अग्रदूत भगवान् गौतम…
NRNA GUNMA प्रधिनिधि
0 comments
🩸हार्दिक आभार 🩸
गैर आवासीय नेपाली संघ जापानको आयोजनामा, Japanese Red Cross Society…
