एनआरएनए गुन्मा क्षेत्रीय समितिको तर्फबाट विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्तीको पावन अवसरमा गुन्मा केनमा आयोजित विशेष शान्ति पूजा कार्यक्रमलाई भव्य, सभ्य र सफलतापूर्वक सम्पन्न बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ सहयोग र सहभागिता जनाउनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं । विशेष रूपमा ८ वटा संघ–संस्थाहरूको संयुक्त आयोजनाले समाजमा एकता सहकार्य सद्भाव र सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलेको छ । जसले नेपाली समुदायबीच आपसी विश्वास र समन्वयलाई अझ सुदृढ बनाएको अनुभूति गराएको छ । साथै भगवान् बुद्धका शान्ति, करुणा, मैत्री र सहअस्तित्वका अमूल्य वाणीहरूले मानव जीवनलाई सही मार्गतर्फ डोर्याउँदै राम्रो आचरण, सहनशीलता र मानवताको भावना विकास गराउने सन्देश प्रवाह गरेकोले यस कार्यक्रमलाई अझ अर्थपूर्ण र प्रेरणादायी बनाएको छ । कार्यक्रममा आध्यात्मिक मार्गदर्शन प्रदान गर्दै पूजा सञ्चालन गरिदिनुहुने पूज्यनीय लामा गुरुज्यूहरूप्रति विशेष आभार व्यक्त गर्दछौं । यसैगरी, कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्नका लागि स्थल उपलब्ध गराइदिनुहुने सा सा चे एण्ड सेन्ट्रल बारका सञ्चालकज्यूलाई पनी हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
यहाँहरूको अमूल्य साथ सहयोग र सक्रिय सहभागिताले यस पुण्य कार्यलाई अझ स्मरणीय र सफल बनाएकोमा पुनः हार्दिक आभार व्यक्त गर्दछौं ।
धन्यबाद ।
जय बुद्ध । जय शान्ति ।
