गुन्मा केनको किर्यु शहरमा सम्पन्न सरसफाइ कार्यक्रममा NRNA गुन्माको सहभागिता !
आज पूर्वनिर्धारित कार्यक्रमअनुसार गुन्मा केनका विभिन्न शहरहरूमा नदी तथा सार्वजनिक क्षेत्र सरसफाइ अभियान सञ्चालन गरिएको छ । यस क्रममा किर्यु शहरमा आयोजित वातारासे नदी (渡良瀬川) क्लिन अभियान मा NRNA गुन्मा जापान का प्रतिनिधिहरू सक्रिय रूपमा सहभागी भई वातावरण संरक्षण तथा स्वच्छ समाज निर्माणको अभियानमा योगदान पुर्याएका छन् ।
सहभागीहरूले नदी किनार तथा सार्वजनिक स्थलहरूमा रहेका झारपात, फोहोर तथा अवाञ्छित वस्तुहरू संकलन गरी क्षेत्रलाई सफा र व्यवस्थित बनाउन सहयोग गरेका थिए। स्थानीय जापानी समुदायसँगको सहकार्यमा सम्पन्न यस अभियानले आपसी सद्भाव, सामाजिक उत्तरदायित्व र वातावरणप्रतिको सचेतनालाई थप मजबुत बनाएको छ ।
“हामी जहाँ रहे पनी हाम्रो जिम्मेवारी स्वच्छ वातावरणका लागि सबैको सहभागिता आवश्यक छ ।”
