वार्षिक साधारण सभा तथा व्यवसायी, विद्यार्थी एवं संघ–संस्थासँगको अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न !

NRNA Japan क्षेत्रीय समिति गुन्माको वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । बार्षिक साधारण सभामार्फत संस्थाको वार्षिक गतिविधि, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजना माथि छलफल गर्दै आवश्यक निर्णयहरू सम्पन्न गरिएका छ । बार्षिक साधारण सभा पश्चात गुन्मा केनका व्यवसायी, विद्यार्थी एवं विभिन्न संघ–संस्थासँगको अन्तरक्रिया कार्यक्रम पनि अत्यन्तै उपलब्धिमूलक रूपमा सम्पन्न भएको छ । कार्यक्रममा NRNA Japan का अध्यक्ष Subash Lamichhane ज्यूको प्रमुख आतिथ्यता रहेको थियो । साथै सहभागीहरूबाट प्राप्त रचनात्मक सुझाव, विचार तथा अनुभवले समुदायको हितमा आगामी कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण प्रेरणा प्रदान गरेको छ । यस महत्वपूर्ण कार्यक्रमलाई सफल बनाउन आफ्नो अमूल्य समय, सहयोग, समन्वय तथा सहभागिता जनाउनुहुने प्रमुख अतिथि, अतिथिगण, विभिन्न संघ–संस्था, व्यवसायी, विद्यार्थी, सञ्चारकर्मी तथा सम्पूर्ण महानुभावहरूप्रति NRNA Gunma Japan हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ ।
हामी आगामी दिनहरूमा पनि समुदायको एकता, सहकार्य र साझा हितलाई केन्द्रमा राखी निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *