Gunma, Japan | 2026
NRNA Gunma को आयोजनामा सम्पन्न “1st Friendly Futsal Tournament–2026” अत्यन्तै उत्साहपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणका बीच सफलतापूर्वक सम्पन्न भएको छ। नेपाली समुदायबीच आपसी सद्भाव, मित्रता र एकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।
प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलका क्रममा Oizumi FC ले उपाधि हात पार्न सफल भएको छ भने Lyanger FC उपविजेता बनेको छ। त्यसैगरी Kalbhairav FC र AFO MAEBASHI B टिमहरू सेमिफाइनल चरणसम्म पुग्न सफल भएको थियो ।
कार्यक्रम सफल बनाउन निरन्तर मार्गदर्शन, सुझाव तथा नैतिक समर्थन प्रदान गर्नु भएका आदरणीय संरक्षक सल्लाहकारहरू, साथै योजना निर्माणदेखि कार्यान्वयनसम्म सामूहिक रूपमा खटिनु भएका सम्पूर्ण NRNA Gunma कार्यसमिति सदस्यहरूको एकता, अनुशासन र टीमवर्क का कारण यो प्रतियोगिता सफलतापूर्वक सम्पन्न भयो ।
कार्यक्रमलाई सफल बनाउन सहकार्य गर्नु भएका विभिन्न क्लब, संघ–संस्था, सहभागी टिमहरू, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आर्थिक तथा भौतिक सहयोग प्रदान गर्नु भएका सम्पूर्ण सहयोगीहरूलाई NRNA Gunma परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ। साथै स्वागत नृत्यमार्फत कार्यक्रमको उद्घाटन गरिदिनु भएका सोनु मगर, कार्यक्रमका महत्वपूर्ण क्षणहरू क्यामेरामा कैद गरिदिनु भएका फोटोग्राफी टिम (विशेषगरी भिमसेन थापा मगर), तथा कार्यक्रमको प्रचार–प्रसारमा सहयोग गर्नु भएका पत्रकार मित्रहरूप्रति पनि संस्थाको तर्फबाट आभार व्यक्त गर्दछौ ।
केही चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि सबैको सामूहिक प्रयास, सकारात्मक सोच र आपसी सहकार्यले यस प्रतियोगितालाई सफल बनाउन सकिएको NRNA Gunma को विश्वास छ । खेलकुदमार्फत समुदायभित्र आपसी समझदारी, मित्रता र एकतालाई थप सुदृढ बनाउने दिशामा यस कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याएको छ । भन्ने बिस्वास लियको छौ । आगामी दिनहरूमा पनि यस्तै सहयोग, सहकार्य र सद्भाव निरन्तर रहने अपेक्षासहित, NRNA Gunma सम्पूर्ण सहभागी, सहयोगी तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
- आयोजक: NRNA Gunma
- संयोजक: राम लाल तामाङ
- सचिव: सुस्मिता लामा
- कार्यक्रम संयोजक: रिदम रोका मगर
- कार्यक्रम उप–संयोजक: सरद गिरी
- फोटोग्राफी: भिमसेन थापा मगर
- ट्राभल पार्टनर: रोयल रूट इन्टरनेशनल ट्राभल
- रेस्टुरेन्ट स्टल: करी एक्सप्रेस ओता
- संरक्षक सल्लाहकारहरू
