” जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी “
अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान हुन्छन् ।
मातातीर्थ औंसीको यस पावन अवसरमा, गैरआवासीय नेपाली संघ (NRNA) जापान, गुन्मा क्षेत्रीय समिति, सम्पूर्ण आमाहरूप्रति उच्च सम्मान, श्रद्धा तथा कृतज्ञता व्यक्त गर्दछौ ।
हिन्दू धर्मअनुसार आमालाई देवी सरह मानिन्छ भने बौद्ध दर्शनमा आमाको माया, करुणा र त्यागलाई सर्वोच्च पुण्यको स्रोतको रूपमा लिइन्छ । आमाले दिएको निःस्वार्थ माया, त्याग र संस्कारले नै हाम्रो जीवनलाई दिशा दिएको हुन्छ । त्यसैले आमा केवल जन्म दिने मात्र नभई जीवनको पहिलो गुरु पनि हुन् ।
परदेशमा रहेर पनि आफ्नो भाषा, संस्कृति, परम्परा र मूल्यलाई आत्मसात गर्दै आमाको आशीर्वादलाई शिरोपर गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।
यस विशेष दिनले हामी सबैलाई आमाको माया, सम्मान र कदर गर्न अझ प्रेरणा मिलोस् भन्ने कामना गर्दछौं ।
NRNA जापान, गुन्मा क्षेत्रीय समिति
हार्दिक श्रद्धा र शुभकामना सहित नमस्कार 🙏
