आज स्वर्गीय भुवन बहादुर थापा मगरको पार्थिव शरीरको अन्तिम दाहसंस्कार कार्यक्रममा गुन्मा केनमा रहेका विभिन्न संघ–संस्था, सामाजिक अगुवा तथा गुन्माबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थितिमा श्रद्धाञ्जली अर्पण सम्पन्न गरिएको छ ।
“पर्दाको जन्ती, मर्दाको मलामी” यो भनाइ आज गुन्मा केनमा पूर्ण रूपमा चरितार्थ गरेको छ । गुन्मा बासी नेपाली सुखमा मात्र होइन, दुःखमा पनि एक–अर्काको साथमा उभिएको छ भन्ने कुरा प्रमाणित गरेको छ । यो हाम्रो संस्कार र पहिचान हो ।
यस दुःखद घडीमा उपस्थित भई श्रद्धाञ्जली अर्पण गर्नु हुने सम्पूर्ण महानुभावहरूप्रति गैरआवासीय नेपाली संघ (NRNA) जापान, गुन्मा क्षेत्रीय समितिको तर्फबाट हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौं ।
स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै, शोकसन्तप्त परिवारजन, आफन्त तथा इष्टमित्रहरूलाई यो कठिन समयमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरून् भन्ने प्रार्थना गर्दछौं ।
आजको श्रद्धाञ्जली अर्पण कार्यक्रममा ८३ जनाको उपस्थिति रहनु, जापानजस्तो व्यस्त देशमा विशेषगरी गुन्मा केनमा अत्यन्तै उल्लेखनीय उपस्थिति हो । यसले गुन्माबासी नेपालीहरूको एकता र मानवीय संवेदनालाई पुनः प्रमाणित गरेको छ ।
पुनः एकपटक, उपस्थित भई श्रद्धाञ्जली अर्पण गर्नु हुने सबैमा हार्दिक धन्यवाद ।
