नुवाकोट जिल्ला, पञ्चकन्या गाउँपालिका–१ निवासी २५ वर्षीया स्वर्गीय प्रमिला राई उच्च शिक्षा तथा रोजगारीको सिलसिलामा जापानको गुन्माकेन, माएबासीस्थित NIPPONおもてなし専門学校 मा अध्ययनरत हुनुहुन्थ्यो ।
मुटुसम्बन्धी समस्याका कारण २०२६ अगस्ट २८ तारिख Maebashi Red Cross Hospital (前橋赤十字病院) मा भर्ना भई उपचाररत स्वर्गीय प्रमिला राईको २०२६ सेप्टेम्बर २६ तारिख साँझ ४:०० बजे दुःखद निधन भएको छ ।
उहाँको असामयिक निधनले परिवार, आफन्त तथा सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध र मर्माहत बनाएको छ । यस दुःखद घडीमा स्वर्गीय प्रमिला राईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूमा हार्दिक समवेदना व्यक्त गर्दछौँ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा यो अपूरणीय पीडा सहन गर्ने धैर्य र शक्ति प्राप्त होस् भनी भगवान् पशुपतिनाथसँग प्रार्थना गर्दछौँ ।
एनआरएनए गुन्मा
२०२६–०९–२७
ネパール・ヌワコット郡、パンチカニャ村–1出身の故プラミラ・ライさん(25歳)は、高等教育および就労のため来日し、群馬県前橋市にある NIPPONおもてなし専門学校 に在学されていました。
心臓に関する疾患のため、2026年8月28日に 前橋赤十字病院 に入院し、治療を受けておられましたが、2026年9月26日午後4時、誠に残念ながらご逝去されました。
プラミラ・ライさんのあまりにも早すぎるご逝去に、ご家族、ご親族、そして在日ネパール人コミュニティ一同、深い悲しみに包まれております。
この悲しみの中、故プラミラ・ライさんのご冥福を心よりお祈り申し上げるとともに、ご遺族、ご親族ならびにご関係者の皆様に、謹んで哀悼の意を表します。
故人のご冥福と安らかな眠りを心よりお祈りするとともに、ご家族の皆様がこの深い悲しみを乗り越えられますよう、心よりお祈り申し上げます。
NRNAグンマ
2026年9月27日
