Reach Call Help Line Desk – “Your Call, Our Response” आधिकारिक रूपमा सञ्चालन ।

NRNA Japan Gunma Chapter ले गुन्मा केनमा बसोबास गर्नु हुने नेपाली समुदायका हरेक समस्या, आवश्यकता तथा सुझावलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने उद्देश्यले “Your Call, Our Response” भन्ने नारासहित Reach Call Help Line Desk सञ्चालनमा ल्याएको छ । उक्त Help Line Desk जनवरी २४, शनिबार २०२६ का दिन आधिकारिक रूपमा गुन्मा केनका विभिन्न सहरहरूमा सञ्चालन गरिने भएको छ । यस अवसरमा कुनै पनि समस्या, सल्लाह वा सुझाव भए भौतिक रूपमा उपस्थित भएर, फोन वा इमेलमार्फत Help Line Desk का इन्चार्जहरूसँग सम्पर्क गर्न सक्नु हुनेछ । यस कार्यक्रमका संयोजक एनआरएनए गुन्माका युवा संयोजक रिदम रोका मगर रहनु भएको छ ।NRNA Japan Gunma Chapter ले गुन्मा केनमा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस सेवाको अधिकतम उपयोग गर्न हार्दिक अनुरोध गर्दछौ ।

सचिव : सुस्मिता लामा

संयोजक: रामलाल तामाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *