घुम्ती सेवा गुन्मा २०२६ सफलतापूर्वक सम्पन्न

—大変お疲れ様でした。—
नेपाली राजदूतावास, जापान तथा गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् जापान र क्षेत्रीय समन्वय परिषद् गुन्माको सहकार्य तथा गुन्मा क्षेत्रमा रहेका विभिन्न संघ–संस्थाहरूको सह–आयोजनामा आज एकदिने “घुम्ती सेवा गुन्मा २०२६” भव्य र सफलतापूर्वक सम्पन्न भएको छ ।
यस कार्यक्रममार्फत राहदानी तथा अन्य कन्सुलर सेवासम्बन्धी सुविधा प्रदान गर्दै कुल २९१ जना सेवाग्राही महानुभावहरूलाई सेवा प्रदान गरिएको जानकारी गराउँदा हामी अत्यन्त हर्षित छौँ ।
यस कार्यक्रमलाई सफल बनाउन अमूल्य योगदान पुर्याउनुहुने नेपाल राजदूतावास परिवार, विशेषतः द्वितीय सचिव नारायण ज्ञवालीज्यू, मनीष पराजुलीज्यू, रवीन्द्र थापाज्यू, दिवश ढकालज्यू, साथै गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष तथा घुम्ती सेवा संयोजक विनोद खनाल (मुक्तिराम) ज्यू, वरिष्ठ उपाध्यक्ष टीकाराम खनालज्यू, एनआरएनए गुन्माका संरक्षक तथा सल्लाहकारज्यूहरू, कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरू, सह–आयोजक संस्थाका अध्यक्षज्यूहरू लगायत सम्पूर्ण कार्यसमिति परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।
त्यसैगरी, आर्थिक रूपमा सहयोग गर्नुहुने सहयोगी महानुभावहरू, घाम–पानीको पर्वाह नगरी समर्पित भावनाका साथ निरन्तर खटिनुहुने सम्पूर्ण स्वयंसेवकज्यूहरू तथा कार्यक्रममा सहभागी सम्पूर्ण सेवाग्राही महानुभावहरूप्रति हृदयदेखि नै हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ ।
विगतका अनुभव तथा कमीकमजोरीबाट पाठ सिक्दै यस कार्यक्रमलाई अझ व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र रचनात्मक सुझाव प्रदान गर्नुहुने सम्पूर्ण गुन्मावासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति विशेष धन्यवाद ज्ञापन गर्दछौँ ।
तपाईंहरूबाट प्राप्त अमूल्य सुझावहरूलाई आत्मसात् गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट सेवा, प्रभावकारी सहकार्य तथा समुदायमुखी कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
होक्काइदोदेखि ओसाकासम्मबाट यहाँसम्म आइपुग्नुभएको तपाईंहरूको विश्वास, धैर्यता र मातृभूमिप्रतिको मायाले हामीलाई अझ ठूलो जिम्मेवारीको अनुभूति गराएको छ ।आजका अनुभव र कमीकमजोरीलाई पाठका रूपमा ग्रहण गर्दै, आगामी दिनहरूमा अझ व्यापक, व्यवस्थित र उत्कृष्ट सेवासहित समुदायको घरदैलोमा पुग्ने हाम्रो प्रतिबद्धता अटल रहनेछ ।
समुदायको एकता, सहकार्य र सेवाभावकै परिणामस्वरूप “घुम्ती सेवा गुन्मा २०२६” ऐतिहासिक रूपमा सफल बनाउन सम्भव भएको हो ।
सम्पूर्णमा हार्दिक धन्यवाद ।
सचिब
सुस्मिता लामा
संयोजक
राम लाल तामाङ
कार्यक्रम संयोजक /उपसंयोजक
सरद गिरी
गैरआवासीय नेपाली संघ जापान गुन्मा क्षेत्रिय समिति परिवार
Embassy of Nepal in Tokyo, Japan -在日ネパール国大使館

Leave a Reply

Your email address will not be published. Required fields are marked *