NRNA Gunma द्वारा Reach Call Help Line Desk को पहिलो सत्र सफलतापूर्वक सम्पन्न ।

NRNA Gunma द्वारा सञ्चालन गरिएको Reach Call Help Line Desk को पहिलो सत्र Kiryu & Midori City बाट सञ्चालन गर्ने निर्णयअनुसार, आज मिति 2026 जनवरी 24, बिहान 12:00 बजे देखि 5:00 बजे सम्म, New Kalika Restaurant, Kiryu मा यस क्षेत्रका इन्चार्ज सञ्जीव कुमार थापा ज्यूको नेतृत्वमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । पहिलो दिनमा जम्मा १० वटा समस्या दर्ता भएका छन् । सेवाग्राहीहरूको गोपनीयतालाई मध्यनजर गर्दै, समस्याको विषयगत विवरण मात्र सार्वजनिक गरिएको छ ।

दर्ता भएका समस्याहरूको विवरणः  SSW – 1 ,  Syusyoku (रोजगार) – 1, Tensyoku (जागिर परिवर्तन) – 4, Student सम्बन्धी – 1, Japanese भाषा समस्या – 1, Hakenमा काम गर्दा तान्तोउले फोन सम्पर्क नगरेको समस्या  – 1, Embassy सम्बन्धी समस्या – 1  गरेर कुल: १० वटा समस्या दर्ता भयो । सेवाग्राहीहरूले उठाएका गुनासो तथा समस्यामा आवश्यक सल्लाह, सुझाव र मार्गदर्शन प्रदान गरिएको छ । केही कानुनी तथा प्रक्रियागत विषयहरूमा इन्टरनेट तथा उपलब्ध स्रोतहरूको सहायताबाट बुझाइ दिने प्रयास गरिएको छ । आजको यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ । Reach Call Help Line Desk संयोजक : Ridam Roka Magar 1st Session – Midori & Kiryu इन्चार्ज: Sanjeep Kumar, Thapa Mingur Sherpa, Ram Lal Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *