प्रथम संयुक्त नेपाल फेस्टिभल गुन्मा २०२५ – ऐतिहासिक रूपमा भव्य सफलता ।

एनआरएनए जापान गुन्मा 

गुन्मा,जापान

प्रथम संयुक्त नेपाल फेस्टिभल गुन्मा २०२५ सेप्टेम्बर ६ र ७, २०२५ का दिन दुई दिनसम्म भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ । यो फेस्टिभल जापानमा बसोबास गर्ने नेपाली समुदायका लागि मात्र होइन, नेपाल–जापान सांस्कृतिक सम्बन्धको इतिहासमा पनि एक ऐतिहासिक उपलब्धि बनेको छ ।

दुई दिने यस महान् उत्सवमा नेपालका चर्चित कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति, विभिन्न नेपाली कला, संस्कृति, भेषभूषा,जातीय झाँकी तथा परिकारहरूको आकर्षक प्रदर्शनी,  गरिएको थियो । फेस्टिभलले नेपालका बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक पहिचानलाई जापानी समाज तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न सफल भयो ।

यस फेस्टिभललाई करिब १५,००० भन्दा बढी दर्शक तथा आगन्तुकहरूले अवलोकन गरेका थिए, जसले यसको लोकप्रियता र सफलतालाई थप पुष्टि गर्दछ ।

यस कार्यक्रमको सबैभन्दा महत्वपूर्ण र ऐतिहासिक पक्ष भनेको जापानको इतिहासमै पहिलो पटक गुन्मामा रहेको सक्रिय १० वटा नेपाली संघ–संस्थाहरू एकजुट भई संयुक्त रूपमा नेपाल फेस्टिभल आयोजना गर्नु हो । यो अभूतपूर्व सहकार्यले नेपाली समुदायबीचको एकता, समझदारी र सामूहिक जिम्मेवारीको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ ।

प्रथम संयुक्त नेपाल फेस्टिभल गुन्मा २०२५ केवल एक सांस्कृतिक कार्यक्रम मात्र नभई नेपाल र जापानबीचको मैत्री, आपसी सम्मान तथा सांस्कृतिक आदान–प्रदानलाई थप मजबुत बनाउने ऐतिहासिक उपलब्धि बनेको छ । यसले आगामी दिनमा अझै ठूलो स्तरमा संयुक्त कार्यक्रमहरू आयोजना गर्ने मार्ग प्रशस्त गरेको छ र गुन्मामा नेपाल फेस्टिभललाई स्थायी परम्पराको रूपमा विकास गर्ने बलियो आधार तयार गरेको छ ।

facebook: एनआरएनए गुन्मा जापान/gmail:nrnagunma1@gmail.com/website:www.nrnagunma.org

Leave a Reply

Your email address will not be published. Required fields are marked *