心より感謝申し上げます
ネパールで発生した甚大な洪水・土砂災害によりお亡くなりになられた皆様に、謹んで哀悼の意を表します。また、ご遺族の皆様に心よりお悔やみ申し上げるとともに、被災された皆様に深いお見舞いと心からのご支援の意を表します。
この困難な災害の中、被災された方々への緊急支援および復旧・復興のため、NRNA Japanが開始した救援募金活動に対し、NRNA Japan Gunma Regional Coordination Councilを通じて、総額 144,370円の支援金をNRNA Japan中央委員会へお渡しいたしました。
この人道的な支援活動に対し、温かいお気持ちを寄せてご協力いただいた皆様、また、ご約束いただいた支援金を所定の口座へお振り込みいただいたすべてのご支援者の皆様に、NRNA Japanを代表して心より感謝申し上げます。
この度いただいた皆様の温かいご支援とご協力が、被災された方々の生活再建と復旧・復興の大きな力となることを心より願っております。
ご支援者の皆様のお名前は、以下のとおりです。
हार्दिक धन्यवाद एवं आभार!
नेपालमा गएको विनाशकारी बाढी–पहिरोका कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा प्रभावित एवं पीडित परिवारहरूप्रति हार्दिक दुःख र सहानुभूति व्यक्त गर्दछौँ।
यस कठिन विपद्को घडीमा पीडितहरूको तत्काल राहत तथा पुनःस्थापनाका लागि ऐक्यबद्धता जनाउँदै एनआरएनए जापानद्वारा सुरु गरिएको राहत संकलन महाअभियानमा एनआरएनए गुन्मा क्षेत्रीय समन्वय परिषद्, जापानमार्फत जम्मा ¥१४४,३७० (एक लाख चवालीस हजार तीन सय सत्तरी येन) सहयोग रकम एनआरएनए जापान केन्द्रीय समितिलाई उपलब्ध गराइएको छ।
यस पवित्र मानवीय अभियानमा खुला मनले सहयोग गर्नुहुने तथा प्रतिबद्धता जनाउनुभएको रकम सम्बन्धित खातामा जम्मा गरिसक्नुहुने सम्पूर्ण आदरणीय सहयोगदाता महानुभावहरूप्रति एनआरएनए जापानको तर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ।
विपद्को यस कठिन घडीमा यहाँहरूले देखाउनुभएको मानवीय भावना, सहयोग र ऐक्यबद्धताले पीडित परिवारहरूलाई राहत तथा पुनःस्थापनाको यात्रामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएका छौँ।
सहयोगदाताहरूको नामावली यस प्रकार छ :
